धादिङ ।  धुनिवेशी नगरपालिका ६ धार्के बस्ने जिवन रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।  सोही नगरपालिका ५ पुरानो धार्के बस्ने ४० वर्षीय विशाल मानन्धर समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ८० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।