काठमाडौँ। युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासनका लागि मेवाखोला हाइड्रोपावरले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा युनाइटेड मेवाखोला हाइड्रोपावर र सिटिजन्स क्यापिटलबिच सोमबार सम्झौता भएको हो। सम्झौता पत्रमा हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष आशिष् थापा र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले युनाइटेड मेवाखोला हाइड्रोपावरको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको काम गर्ने छ। हाइड्रोपावरको ताप्लेजुङमा अवस्थित आयोजना ५० मेगावाट क्षमताको हो।