काठमाडौं।  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका खेल गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुगाउन जरुरी रहेको बताएका छन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीको १५ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा सोमबार आयोजित एक समारोहमा अध्यक्ष ओलीले नेपालका खेलाडीहरुले उत्कृष्ट क्षमता प्रदर्शन गर्नेक्रम बढेको बताए। 

एकेडेमीका संरक्षक समेत रहेका अध्यक्ष ओलीले बहुआयामिक उद्देश्य बोकेको एकेडेमीले उल्लेख्य गतिविधिहरु गरिरहेको बताए। उनले  थप सफलता चुम्न र प्रगति गर्न शुभकामना समेत दिए। 

कार्यक्रममा एमालेका उपाध्यक्ष एबं पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले खेल क्षेत्रबाट देशको नाम चम्काउन खेलाडीहरुको ठूलो भुमिका हुने बताए । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकेडेमी र खेल क्षेत्रको विकासमा योगदान गर्ने विभिन्न ब्यक्तिलाई सम्मान गरिएको छ ।