इटहरी । सुनसरीको कोसी गाउँपालिका–१ राजापोखरीबाट लागूऔषध ब्राउनसुगरसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लौकही बजारबाट पश्चिम कुसाहातर्फ जाँदै गरेकी पैदलयात्री स्थानीय ४५ वर्षीया उमा उरावलाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।