काठमाडौँ । भारतका विदेश मन्त्री एस.जयशंकर बिहीबार नेपाल आउँदै छन् । नेपाल र भारतका विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । 

दुई दिने बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा नेपाल–भारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता हुने तयारी छ ।

उनले नेपाली समकक्षी एनपी साउदसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम छ ।

 प्रधानमन्त्री भएपछि ‘प्रचण्ड’सँग उनको पहिलो भेट हुने भएको छ । उनी शुक्रबार भारत फर्किने कार्यक्रम छ ।