काठमाडौं । झापा र मोरङबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार झापामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका ४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लिम्बुले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 यसैगरी मोरङको १० वर्षीया बालिकाकाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका १० त्रिबेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।