मोरङ । सुनसरीको लौकहीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टको टोलीले स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल कोसी प्रदेशका अनुसार बुधबार भोक्राहनरसिंह गाँउपालिकाको लौकहीबाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो।

कोशी गाउँपलिकाका राउतले स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका राउतको साथबाट प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

इटहरीबाट इनरुवातर्फ गइरहेका अवस्था राउतलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको रकम बरामद भएको बताइएको छ ।

पक्राउ परेका राउतलाई आवश्यक कारवाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धानको कार्यालय बुझाएको छ।