इटहरी । नेकपा माओवादी केन्द्र इटहरी नगर समितिले बिहीबार वैचारिक राजनीतिक प्रशिक्षण सम्पन्न गरेको छ ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई समापन गर्ने अवसरमा पाटीको नगर कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको वैचारिक राजनीतिक प्रशिक्षण माओवादीका महासचिव देव गुरुङले दिएका थिए । कार्यक्रममा पाटी अभियानको नगर इन्चार्ज र वडा इन्चार्जहरूलाई धन्यवाद पत्र वितरण गरिएको थियो ।

विगत ४ महिना देखि माओवादी केन्द्रले देश भरी सञ्चालन गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा केन्द्रीय स्तरका नेता तथा प्रदेश पदाधिकारीहरूलाई अन्तर जिल्लाका पालिकाहरूमा अभियान सञ्चालनको जिम्मेवारी दिएको थियो  ।

सोही जिम्मेवारी अन्तरगत इटहरीमा पाटी  अभियान सञ्चालन गर्न माओवाद केन्द्रका केन्द्रीय सदस्य सुरेश कुमार राई हिमालले इन्चार्जको जिम्मेवारी पाएका थिए ।

20240104221452_IMG_5537