काठमाडौँ । व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह छन् ।

उनले व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम मागेको आरोप छ । एक व्यापारीलाई शाहले फोन गरेर मार्ने धम्की दिएर ५०  लाख रुपैयाँ मागेका हुन् । 

उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।