काठमाडौँ । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । विश्वासघात गरेर प्रतिलिपि अधिकार हनन गरेको कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मुद्दा टुटल र टुटल बाई ग्याप सँग सम्बन्धित रहेको प्रहरीको भनाई छ । भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएका हुन् ।