काठमाडौँ । विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।

गीतको भिडियो पनि बनेको छ । भिडियोले प्रेम, धोका र बाल मनोविज्ञानका विषय उठाएको छ । भिडियोमा समीप निरौला, मिसेल घिमिरे, श्रेया अगस्ती, नुर दाहाल, कृतिका गौतम, आराध्य निरौला, भूपेन्द्र निरौला,  लच्छिता चापागाईँ, सुवास शाह, युनिका श्रेष्ठ, सविन मगर लगायतको अभिनय छ ।

राम केसीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । यस अगाडि श्रेय अगस्तीको स्वरमा यो गीतको मेल भर्सन आएको थियो । जसको चर्चापछि अहिले विपना विष्टको स्वरमा फिमेल भर्सन ल्याइएको हो ।