काठमाडौँ । आर्यन सिग्देल र केकी अधिकारी अभिनीत नयाँ गीत सार्वजनिक भएको छ । डा।कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा तिमी छौ र मेरो मुटु चलेको बोलको गीत सार्वजनिक भएको हो । 

मुन्दुम स्टुडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ ।

गीत रोमान्टिक फ्लेवरमा बनेको छ । त्यसैले भिडियोमा पनि दुई प्रेमीरप्रेमिकाको प्रेमलाई देखाइएको छ,ुमञ्जिलले भने । मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङरमास्टरिङ, अनिल रानाको सम्पादन छ । हिमाल श्रेष्ठले खिचेको गीतको भिडियो निर्देशन बादल लिम्बूले गरेका हुन्।