विराटनगर । भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित सुनसरी प्रहरीले दुई जना  पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट झण्डै तीन क्विन्टल गाँजासहित आइतबार राती दुई जना   पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र   कोशि गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् । 

उनीहरुले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको  प्रहरीले जनाएको छ  । ८ वटा बोरामा  गाँजा र साना पोकाहरुमा पनि बरामद भएको छ । गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरिले जनाएको छ।

भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । कोशी काटनमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भोरेर भारत तस्करी गर्न लागेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।