काठमाडौं । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् ।

इण्डियन आइडलको आइतबार रातिको एपिसोड मेनुका प्रेरित रह्यो । उक्त एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिंदा मेनुका भने अन्तिम ११ मा प्रवेश गरिन् । ‘बटम चार’मा रहेकी उनी बाँकी तीन जनाभन्दा बढी भोट ल्याएर सुरुमै सुरक्षित भइन् । तर ‘बटम चार’मा पर्नुको अर्थ भोटको कमी छ भन्ने हो ।

उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाइन् । एक गीत गाउँदा उनले लिरिक्सै नै बिर्सिइन् । गाउँदै गर्दा उनको मुटुको चाल (हार्ट बिट) बढेपछि म्युजिक बन्द गरियो । पानी पिउन दिइयो । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे । डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो ।

त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् । विशेष अतिथि बनेका बलिउड अभिनेता सञ्जय दत्तले मेनुकाको गायकीको प्रशंसा गर्दै कहिल्यै पनि हार नमान्न सुझाव दिए ।