काठमाडौँ ।  आज  सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।