विराटनगर । छोराको हत्या गरेको आरोपमा इलामको माई नगरपालिकाका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो ।

उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरूबीच सोमबार राति घरेलु विषयमा विवाद भएको थियो । त्यसक्रममा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सिकिस्त घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि स्थानीयले दिलकुमारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।