मोरङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–९ ज्योतिटोल बस्ने २४ वर्षीय  श्याम बर्देवालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्देवाले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।