काठमाडौं । आज (मंगलबार) सेयर कारोबार रकमसँगै परिसूचक नेप्से पनि बढेको छ । सोमबार ४ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ११ करोड पुगेको हो ।

परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २०.६२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०८० अंकमा कायम भएको छ । १६५ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ५ को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ५.२१ प्रतिशतले बढेको छ ।