काठमाडौँ । बलात्कार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

आरोपी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि उनी फरार थिए । 

आरोपी विरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।