काठमाडौं । राजधानीको  बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालका १० घर भई तारकेश्वर नगरपालिका ५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपाने रहेकी  छन् । 

उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।