उदयपुर । उदयपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का ३५ वर्षीय पत्थरसिंह राई रहेका छन् ।

बुधबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको राईमाथि आरोप छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।