काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । 

बिहिबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।