काठमाडौँ ।  आज सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ६५० रुपैयाँ कायम छ ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।  

यस्तै,आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार यसको कारोबार मूल्य १४ सय रुपैयाँ कायम थियो ।