एजेन्सी । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ । 

चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २ सय भन्दा बढी व्यक्ति फसेका थिए ।

उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ । २ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो ।