इटहरी / इटहरी  उप महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

‘केही दिनदेखि बढेको चिसो तथा शीत लहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस उप महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति माघ ३ गतेदेखि माघ ५ गतेसम्म बन्द गर्न निर्णय अनुसार जानकारी गराइन्छ’, इटहरी उप महानगरपालिकाका शैक्षिक प्रशासन शाखा अधिकृत द्रोण दाहालद्वारा मङ्गलवार जारी सूचनामा उल्लेख छ ।