इटहरी /  इटहरीमा शनिवार नक्कली पेस्तोल देखाइ लुटपाट मच्चाउन खोज्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको मुख्य चौकमा नक्कली पेस्तोल देखाइ सर्वसाधारणलाई आतङ्कित बनाइ लुटपाट मच्चाउन खोजेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले दुई युवालाई गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका वडा नम्बर ५ मा बस्ने ३० वर्षीय दावा छिरिङ सेर्पा र विराटनगर वडा नम्बर १५ मा बस्ने ३५ वर्षीय शिरिस बोहरा रहेका छन् । प्रहरीले बोहराको साथबाट मेड इन चाइना (डी.इ.पी.) लेखिएको नक्कली पेस्तोल बरामद गरेको छ । बोहरासँगै रहेका सेर्पालाई समेत हिरासतमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जनाइएको छ ।