इटहरी । उर्गेन छ्योलिङ गुम्बा समितिले  सोनाम ल्होछारको अवसरमा माघ २७ गते इटहरीमा बृहत् सांस्कृतिक कार्यक्रम तथा मेलाको आयोजना गर्ने भएको छ । सोनाम ल्होछार र तामाङ जातिको नयाँ वर्ष २८६०  डुक ल्हों(ड्रागन वर्ष) को अवसरमा इटहरी ३ नम्बर वडामा रहेको तामाङ टोलको खेल मैदानमा समितिले  बृहत् सांस्कृतिक कार्यक्रम सहित मेलाको आयोजना  गर्न लागेको हो ।

कार्यक्रममा तामाङ जातिको संस्कृति झल्किने लामा पूजा, झाकी प्रदर्शन ,डम्फु सेलो सहित डिएसटु डान्स सेन्टर,आगमन ब्यान्ड र सुधन एण्ड ब्यान्डको प्रस्तुति रहने कार्यक्रमका संयोजक भुपेन लामाले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य रहने आयोजक समितिले जानकारी दिएको छ ।

उक्त मेलामा तामाङ समुदायको विशेष खानाको परिकार, रोटे पिङ र तामाङ  जातिको पहिचान खुल्ने परम्परागत वस्तुहरूलाई बिक्री तथा प्रदर्शनीमा राखिने समितिका सह-संयोजक दिपक तामाङले जनाइएका छन् । 

420750339_908882517270972_2778967741081769423_n