इटहरी । फागुन २६ गते देखि चैत्र ३ गते सम्म सञ्चालन हुने गरी इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।
हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जनता बहुमुखी क्याम्पस इटहरीको खेल मैदानमा आयोजना हुन लागेको फुटबल प्रतियोगितामा ९ समूह बिच प्रतिस्पर्धा हुने भएको हो ।

"राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" मुख्य नारामा रहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्ड कप फुटबल प्रतियोगिता -२०८० को संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ ।

आयोजक टिम हाम्रो इटहरी भेट्रान क्लब , मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी , विराट मेघा स्पोर्ट्स एकेडेमी भेट्रान विराटनगर , राजारानी भेट्रान धनकुटा, उर्लाबारी भेट्रान मोरङ, दमक लखनपुर भेट्रान झापा, दुधे भेट्रान झापा र रियल फ्रेन्डस भेट्रान सिक्किम भारत बिच प्रतिस्पर्धा हुने आयोजक टिमका अध्यक्ष निर्मल तामाङले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुने समूहले एक लाख एघार हजार नगद  पुरस्कार पाउने आयोजकले जनाएको छ ।
उपविजेता समूहले एकसट्ठी हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडीलाई जनही नगद उपहारको व्यवस्था मिलाएको तामाङले बताएका  छन्  ।