विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । एक चौथाइ बढी सांसदको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले वैशाख ६ गतेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।

यसअघि प्रदेश सरकारले डेढ महिनापछि २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष माग गरेपछि त्यसलाई छल्न मुख्यमन्त्री केदार कार्कीले हतारहतार जेठ ११ गतेलाई बैठक बोलाउन सिफारिस गरेका थिए ।