२९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामी रिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। बुधवार बिहान ७ बजेर ४९ मिनेटमा  शेर्पाले सर्वोच्च शिखर सगरमाथा ३० औँ पटक आरोहण गरेका हुन ।

सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिताले यो भन्दा अगाडी २९ पटक सगरमाथा आरोहण गरेर विश्व  कीर्तिमान बनाएका थिए । कामी रिताले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।