जुम्ला — जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पातारासी गाउँपालिका ५ तल्लो लोर्पामा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय मीनबहादुर बुढाको मृत्यु भएको हो ।  

क १ प २०७७ मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दका अनुसार दुर्घटनामा घाइते बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटना हुने वित्तिकै स्थानीयले एम्बुलेन्समा अस्पतालमा ल्याइपुर्‍याए पनि बचाउन नसकिएको आफन्तजनले बताएका छन् । साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकदेखि करिब ७५ मिटर तल जवा नदीमा खसेको थियो ।