काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा ९ महिना देखी ट्रान्सक्रिप्ट लिन धाउँदा पनि नपाएपछि प्रशासनमा धर्ना बसेका विद्यार्थी र त्रिवि बिच १० बुँदे सहमति भएको छ । इटहरी घर भएकी एक विद्यार्थीले गत मङ्सिरदेखि धाउँदा पनि ट्रान्सक्रिप्ट नपाएपछि त्रिविकै विद्यार्थी प्रविन दाहालले बिहीबार दिउसोबाट परीक्षा नियन्त्रण कार्यालयको प्रशासन प्रमुखको कार्यकक्षमा धर्ना बसेपछि साँझ ७ बजेसम्म कर्मचारी बसेर ट्रान्सक्रिप्ट तयार पारेका थिए।
ट्रान्सक्रिप्ट बनेपनी दाहालले लिन भने मानेनन् । आफू धर्ना बस्ने बित्तिकै एकै छिनमा बन्ने कामका लागि विगत नौ महिनासम्म धाउनु परेकाले यसको जिम्मेवारी लिन पर्ने, छानबिन गर्नु पर्ने र आगामी दिनमा यस्तो समस्या नदोहोरिने सहमति गरेर मात्र उठ्ने अडान लिएका थिए।
बिहीबार ३ बजे देखि धर्ना बसेका दाहाल र उनको मागलाई समर्थन गरेर बसेका विद्यार्थीहरू बिच शुक्रवार १० बुँदे सहमति भएको छ । बिहीबार रात भरि विद्यार्थीले प्रशासन प्रमुख नवीन्द्र भण्डारीको कार्यकक्षमा धर्ना बसेका थिए ।
विद्यार्थी र त्रिवि बिच भएको सहमति पत्र ।
भिडियो