पोखरा : बालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखराको लेकसाइडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिसा युथ होस्टलको कोठामा राखेर बाध्य बनाइ यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले गोरखाको पालुङटार घर भई हाल लेकसाइड बस्ने १९ वर्षकी ममता तामाङ, मकवानपुर बाग्मती घर भई हाल काठमाण्डांैको बुढानिलकण्ठ कपन बस्ने २३ वर्षकी रिना तामाङ र नवलपुरको मध्यबिन्दु घर भई पोखराको लेकसाइड बस्ने अन्दाजी १९ बर्षकी जस्मिन ठकुरीलाई पक्राउ गरेको हो।

उनीहरुले चार जना बालिकालाई ललाइफकाइ कोठाबाहिर निस्कनसमेत दिएर यौन शोषण गरेको आरोप छ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए।