वीरगञ्ज – प्रहरीले अनधिकृत रुपमा भण्डारण गरि राखिएको चाईनिज लसुन पर्साबाट बरामद गरेको छ। पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवा गुठीबाट कुखुरा फर्मबाट भन्सार छलि ल्याइएको चाईनिज लसुन बरामद गरेको हो।
नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले कुखुरा फर्ममा भण्डारण गरि राखिएको चार लाख ८० हजार ६ सय बराबरको एक हजार ७८० केजी लसुन बरामद गरेको हो।
एक सय २ बोरामा रहेको चाईनिज लसुनलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।