खोटाङ : खोटाङमा रुखले लागेर एक युवकको मृत्यु भएको छ ।

रावाबेसी गाउँपालिका–२ खार्पाको भडारे भन्ने ठाउँमा सोमबार दाउराका लागि रूख ढाल्ने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले ढाँडगाउँका १८ वर्षीय शिव परियारको मृत्यु भएको हो ।

दाउराका लागि ढालेको रुखले अर्को मक्किएको रुखमा बज्रिएको र त्यो मक्किएको रुख भाँच्चिएर परियारलाई लाग्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।