काठामाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।

जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी एन, शिक्षा एन, प्रहरी एन लगायतका एनहाल सम्मान बन्न सकेको र यसमा आफू स्वयमपनि जिम्मेवार रहेको बताएका छन् ।

मधेश प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखेका छन् । यसमा कांग्रेस लगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए । त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामति कर्मचारी एन, प्रहरी एन, शिक्षा एन ल्याउन आवश्यक रहेको उनले जनाए ।

तत्काल यी एन नल्याए प्रदेश नचल्ने उनको भनाई छ ।सिडियोलाई प्रदेशको गृह मन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिनआवश्यक रहेको उनले औंल्याए । डा. कोइरालाले यसमा केन्द्र बसेको आफू लगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे ।