कोरोना महामारी र गुर्जोले ल्याएको तरङ्ग

  • प्रकाशित मिति: भदौ ११, २०७७ / सञ्चारलय
alt

इटहरी: कोरोना महामारीले मानिसको मृत्यु तीव्र रूपमा भई रहेका बेला नेपालमा यसको उपचार तथा रोकथामका हाल सम्म कुनै पनि औषधी पत्ता लाग्न सकिरहेको छैन भने बाहिरी देशमा पनि अनुसन्धानको क्रम चलिरहेको छ ।

तर यस रोगको रोकथाम तथा न्यूनीकरण गर्न भने आफैँ लाग्नु पर्ने अवस्था छ । यस महामारीबाट छुटकारा पाउनका लागि विभिन्न प्राकृतिक वनस्पति तथा जडीबुटी खानु पर्ने तथा मानव शरीरलाई चाहिने शक्ति तिनै जडीबुटीबाट हुने विभिन्न आयुर्वेदका विज्ञले भनिरहेका छन् । यसका लागि पछिल्लो केही देखि तपाई हाम्रै वन जङ्गलमा पाइने गुर्जो भन्ने जडीबुटीले राम्रोसँग चर्चा पाएको छ ।

कोरोना सङ्क्रमितको इम्युनिटि पावर बढाउने देखि हरेक रोगका लागि उपयुक्त रहेको समेत भनिएको छ । तर केही व्यक्तिहरूले यस कुरालाई सामान्य रूपमा लिएका छन् । यसै सम्बन्धमा रहेर इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आफ्नो फेसबुक वालमा यस्तो लेखेकी छिन् । उनले लेखेको लेख जस्ताको त्यस्तै

गुर्जो धेरै प्रकार का रोगहरूका लागि लाभदायक वनस्पति को रूप मा लिइन्छ । जुन सुकै रोग बाट थला परेको व्यक्तिलाई पनि इम्युनिटि पावर बढाउँछ भन्ने विश्वास रहेको छ। इटहरीमा हिजो सम्म ३३ जना कोरोना पोजेटिभ लाई वितरण गरियो । थप अरू पनि धेरै साथीभाइ लिन आउनु भयो । करिब १०० जना जति ले खादैंहुनुहुन्छ । मैले कोरोना ठिक हुन्छ भनेर वितरण गरेकी होइन । रोगसङ लड्न इम्युनिटी पावर बढाउँछ ।
म आयुर्वेद जान्दिन तर गुर्जो सगँ बच्चा बेलै देखि परिचित छु । मलाइ मेरो जिम्मेवारी र पदीय दायित्व राम्रो सङ थाहा छ । समुदायमा जाँदा म एक्लै गएकी छैन अनि केवल गुर्जो मात्र पनि बढिएको छैन।

उपमहानगरपालिकाले बनाएको कोभिड १९ होम आइसोलेसन अनुगमन तथा व्यवस्थापन टिम , इटहरी अस्पताल स्वास्थकर्मीहरुको टिम सङै अत्यन्तै सतर्कता अपनाएर गएका छौ । अस्पतालको तर्फ बाट तयारी गरिएको एलोपेथिक औषधीहरू को प्याकेज कसरी खाने कति खाने भन्ने परामर्श पनि दिने गरिएको छ १स्मरण रहोस् कोरोना कै औषधि भनेर प्रमाणित भई सकेको छैन ।

चिकित्सकका अनुसार यसको उपचार केवल सहयोगात्मक उपचार हुने कुरा लाई ध्यान मा राखी इटहरी अस्पताल ले तयार गरेको सपोर्टिभ औषधीहरू सहित भिटामिनहरूले पक्कै पनि ससंक्रमितहरुलाइ फाइदा पुग्ने विश्वास बोकेर गएका छौ ।

के ठिक के बेठिक छुट्टाउन सक्छु । कोरोना पोजेटिभ भन्ने बित्तिकै दुर्व्यवहार गर्ने समाजमा हामी जनप्रतिनिधिहरुले सकारात्मक सन्देश दिनु जरुरी छ भन्ने लागेर म जोखिम मोलेर समुदायमा गएर कोरोना पोजेटिभ लाई भेटेर फर्किएकी मात्र छैन मैले वरिपरि का छिमेकीहरू सङ बाटोमा उभिएर (उहाँहरू बार्दलीमा म सडक मा) छलफल गरेकी छु ।

कोरोना पोजेटिभ हुनु अपराध होइन शरीर मा भाइरस प्रवेश गर्नु हो । तपाईँ छरछिमेकीहरुले देखाउने सद्भाव माया ममता ले भाइरससगँ लड्ने शक्ति प्राप्त हुन्छ । हजुरहरू एक प्रकारको तागत हो । त्यो तागत बनिदिनुस् अनुरोध गर्छु भनेर हात जोडेकी छु । माया र प्रेम नै जीवन जिउने हौसला हो माया प्रेम बाढिदिनुस पैसा लाग्दैन भनेकी छु । भोलि तपाईँ सङ्क्रमित हुनुभयो भने पनि मैले भन्ने यही हो गर्ने यही हो, भनेर सम्झाएकी छु । सङै हामी जनप्रतिनिधिहरूलाई र नगरपालिकालाई केही भन्नू छ कि भनी सोध्ने गरिएको छ आफ्नो जनप्रतिनिधि आफ्नैआगन मा पाउँदा खुसी भएको पाएका छौ ।

हामी पुगेर फर्किएका ठाउँमा व्यवहारमा सुधार भएको कुरा पीडित हरू ले बताउनु भएको छ । वहाँ हरू खुसी हुनुभएको छ । इटहरीका नागरिक को चेहरा मा खुसी देख्नु नै हामी जनप्रतिनिधि हरू को सपना हो । सन्तुष्टि हो ।।
ठुला ठुला आदर्शका कुरा गर्ने सामाजिक सञ्जाल मा सबै लाई अर्ति गर्ने तर आफ्नो छिमेक मा आफ्नै नाता पर्ने कोरोना पोजेटिभ भएपछि त्यता फर्केर पनि नहेर्ने, एक कल फोन नगर्ने बुज्रुक हरू पनि भेटियो । नाम उल्लेख गर्न उहाँको पदीय मर्यादाले दिँदैन र गरिन है । यो पढेर आफै बुझ्नुहुन्छ वहाँले आजै बाट वहाँ को व्यवहार मा सुधार आओस् कामना गर्छु ।

मैले गुर्जोको भारी बोकेको मा सकारात्मक सुझाव धेरै ले दिनु भएको छ मेरो लागि ऊर्जा हो । विशेष धन्यवाद दिन चाहन्छु । जसले गलत टिप्पणी गर्नु भएको छ वहाँ हरू लाई पनि धन्यवाद केही छैन यति नभए काम गर्न मजै आउँदैन तपाईँ हरुको आलोचना मेरो लागि औषधि हो ।

रह्यो भारी बोक्न पदीय मर्यादा ले दिँदैन भन्ने । म जनता कि छोरी हु सामान्य किसान परिवार कि बुहारी हु मेरो पारिवारिक संस्कार म सङ छ । मेरो जीवन का २० बर्स घाँस दाउरा का भारी सङै बिताएकी छु र उप प्रमुख कार्यकाल सकिए पछि फेरि घाँस दाउरा गर्न तयार छु । मैले मेरो परिवार को भारी बोक्न मिल्छ बोके । यो समय आज इटहरी का आम जनता मेरो परिवार हो आवश्यकता परेको बेला कथाले मागेको बेला मेरा लागि भारी बोक्न पाउनु ठुलो अवसर हो ।

तपाईँ केही लाई गुर्जो केही होइन होला तर पीडित हरू उपमेयर ज्यु मेरोमा कहिले आउनुहुन्छ भनेर फोन गर्नुहुन्छ गुर्जो पनि छैन ल्याइदिनुस् है भन्नुहुन्छ । म लिएर जान्छु । यो समाज अर्ति गर्न जान्ने काम गर्न नसक्ने । हुन्जेल कुनै सुधार र परिवर्तन हुँदैन । यो महामारी को बेला हो नगरपालिका बन्द गर्नु पर्ने अवस्थामा छौ बन्द छ । यो बेला मा हामी जनप्रतिनिधि हरू पनि प्राय घरमै रहन्छौ यही समय लाई मैले जनता को आज को अहिले को आवश्यकता र माग जे छ त्यही गर्ने सोच बनाएर गरेकी हु।

मैले गरेको काम कतिले मन पराउनु भो कति ले मन पराउनु भएन म हेर्छु र त्यो विषय लाई । म तुलना गर्छु । देवी देवता लाई त आफ्नो अनुकूल नहुँदा हामी गाली गर्छौ म मान्छे हु म सङ पनि कमजोरी हरू हुन्सक्छ्न तर जानेर गल्ती गर्दिन अनजान मा गल्ती भएमा माफी माग्छु र फेरि गल्ती दोहोर्याउदिन ।

गुर्जो कसैले अमृत मानेर पिउँदै हुनुहुन्छ त कतिले राजनीतिक आँखा ले हेरेको र प्रतिक्रिया दिएको पाए यसैमा राजनीति गर्ने चेष्टा पनि भयो । जसले राजनीतिक हिसाब ले सोच्नुभयो त्यो तपाईँ को सोचमा खोट हुन सक्छ सच्चिनुस् ।,अस्पताल बनाउन छोडेर गुर्जो खोज्न ,, भनियो अस्पताल बन्ने प्रक्रिया मा छ बन्छ तर रातारात होइन समय लाग्छ ।

कतिको माग छ पिसिआर टेस्ट गर्ने मेसिन किन्नुस् भन्ने यो कुरा जायज छ । तर पनि पिसिआर टेस्ट औषधि होइन । आवश्यकता अनुसार गर्ने हो गर्नु पर्छ, भएकै छ । हामी इटहरी उपमहानगर पालिका र अन्य पालिका हरू को पिसिआर टेस्ट को अवस्था कति रहेछ खोजी गर्नुस् यो प्रदेश मा सबै भन्दा धेरै पिसिआर टेस्ट गर्ने पालिकामा इटहरी हो दाबी का साथ भन्छु ।

यो समय राजनीति गर्ने समय होइन पक्ष र प्रतिपक्ष को आखाले हेर्ने समय पनि होइन । महासङ्कटको बेला जो जहाँ छ जे सक्छ त्यही गरेर यो सङ्कट बाट आम नागरिक लाई सुरक्षित राख्नु पहल गर्नु पर्छ भन्ने लाग्छ ।
हामी मानिस त हौ तर हामी भित्र दानव प्रवृत्ति पनि छ भन्ने केही घटनाले देखायो आफ्नो निजी जीवन ,स्वास्थ्य ,परिवार, केही नभनी अहोरात्र कर्तव्य ठानेर बिरामीको सेवामा काम गरिरहेका स्वास्थ्यकर्मी प्रति गाउँ समाज ले गरेका व्यवहार सुनियो ।

इटहरी ५ मा केही दिन अगाडि पिसीआर नेगेटिभ आइसकेका व्यक्ति लाई घर मा बस्न नदिएको घटनाले हामी लज्जित भएका छौ । पुन त्यस्तो घटना नहोस् भन्नका लागि हामी ले समुदाय लाई सचेत गराउनु पर्छ । म यो कार्यमा लागिरहन्छु । सक्नु हुन्छ तपाईँ पनि सहयोग गर्नुस् लाग्नुस् आफ्नो कर्तव्य निर्वाह गर्नुस् सक्नुहुन्न घर मै बस्नुस्, सुरक्षित रहनुस् शुभकामना छ ।

अहिले यो कोरोना महामारी मा पहिलो पङ्क्ति मा स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँहरू हाम्रो लागि भगवान् सरह हो काम गर्ने उत्साह थपौँ । दोस्रो पङ्क्ति मा सुरक्षाकर्मी र तेस्रो पङ्क्ति मा जनप्रतिनिधि हरू छौ । हामीलाई हौसला दिनुस् काम गर्छौ । गलत टिप्पणी नगर्नुस् हाम्रो उत्साहमा कमी आउँछ । तपाईँ सबै सबै को विवेकपूर्ण व्यवहार र सकारात्मक सोच नै हाम्रो काम गर्ने हतियार हो साथ दिनुस् यो युद्ध मा सबै मिलेर कोरोना लाई जितौँ ।। धन्यवाद ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...