मुख्यमन्त्री परिवर्तन हुँदैनन् र यो परिवर्तन गरिरहने पद पनि होइन : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति: भदौ १३, २०७७ / सञ्चारलय
alt

इटहरी: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रदेशका मुख्यमन्त्रीहरू परिवर्तन नहुने बताएका छन् । शनिवार राती ८ बजे प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्रीहरू पनि परिवर्तन गर्न लाग्नु भएको छ रे नि ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री परिवर्तन हुँदैनन् र यो परिवर्तन गरिरहने पद पनि होइन भन्दै जवाफ दिए । मुख्यमन्त्रीहरू परिवर्तन हुन्छन्, तर त्यो भनेको पाँच वर्षको अवधि सकिएर चुनावमा गएपछि हो ।

चुनावपछि फेरि पनि मुख्यमन्त्री हुन सक्छन् नहुन पनि सक्छन् प्रधानमन्त्री ओलीले भने। मुख्यमन्त्री परिवर्तन हुने कुरा अल्पज्ञानीहरुले भन्ने गरेको प्रधानमन्त्री ओलीले बताए। सिङ्गो देश र जनता स्थिरताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरू परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

पछिल्लो समय मिडिया खपतका लागि मुख्यमन्त्रीहरू पनि परिवर्तन हुने हल्ला चल्दै आएको थियो ।

अर्थमन्त्री चाहिँ फेर्ने भन्ने हल्ला आएको छ नि ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले कुनै पनि पद स्थिर नहुने बताउँदै सो विषयमा तत्कालै भन्न नसकिने तर दुईचार दिनपछि केही सोच्न सकिने समेत बताएका छन् ।

नेकपा सचिवालयले गठन गरेको सुझाव कार्यदलले समेत मुख्यमन्त्री परिवर्तन सम्बन्धी कुनै सुझाव दिएको छैन । बरु प्रदेश मन्त्रिपरिषद् हेरफेर गर्न सकिने बताएको छ । यो भनेको मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशका मन्त्रीहरू आवश्यकता र औचित्यका आधारमा हेरफेर गर्न सक्नेछन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...