माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको परीक्षण शुरु

  • प्रकाशित मिति: मंसिर २५, २०७६ / सञ्चारलय
alt

 

सिन्धुपाल्चोक । झण्डै छ वर्षदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको परीक्षण शुरु भएको छ । जुरे पहिरो र भूकम्पका कारण क्षति पुगेको भोटेकोशी आयोजनाको शनिबारबाट परीक्षण प्रसारण थालिएको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युत्गृह रहेको आयोजनाबाट परीक्षण प्रसारण गरिए पनि आगामी १५ दिनपछि व्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिएका छन् ।

हाल दुवै युनिट सञ्चालनमा ल्याइए पनि नदीमा पानीको बहाव कम भएका कारण दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको प्रमुख कार्यकारी अधिकृत स्थापितले बताए ।

उक्त आयोजनाको पुनःनिर्माणका लागि दुई वर्षअघि रु सात अर्बमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्युरो ११ सँग सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । सो आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगेपछि चार महिनासम्म बन्द भएको थियो र मर्मतपछि पुनःसञ्चालनमा आएलगत्तै २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पनले क्षति पुर्याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले तहसनहस पारी पछि विसं २०७४ मा पुनःनिर्माणको काम शुरु भएको हो ।

गत असार तेस्रो साता चाकुखोलामा आएको बाढीले पनि आयोजनाको प्रसारण लाइनको पाँच वटा टावरलाई क्षति पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अर्बौँमा खेल्ने भिखा ...

हिजो तिमि क्रान्तिको मैदानमा हुँदा तिमि माथि दमन गर्नेतिम्रो घिच्चुकमा हान्ने तिम्रो लासमा विजय देख् ...

इटहरीको आपँगाछीमा सड ...

सुनसरीको इटहरी १ आँपगाछीमा भएको दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट ...

राष्ट्रिय युवा संघ स ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आबद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ सुनसरीको संयोजकमाा भुवन याक ...

इनरुवा नगरपालिकाद्धा ...

इनरुवा नगरपालिकाको कार्यालयले स्मार्ट डस्कविन प्रयोगमा ल्याएको छ । नगरपालिकालााई स्वच्छ र सुन्दर वात ...

माधव-प्रचण्ड समुहले ...

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले प्रदेश १ मा अध्यक्ष र स ...

विष्णु पौडेललाई महास ...

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले महासचिव पदबाट विष् ...