अनेरास्ववियू नेतृत्व शासकको हनुमान कि विद्यार्थी आवाज ?

  • प्रकाशित मिति: भदौ १९, २०७७ / बुद्रोस लिम्बु
alt

तत्कालीन अनेरास्ववियु र तत्कालीन अखिल क्रान्तिकारी बिच एकता पश्चात् बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट देशकै सबै भन्दा ठुलो विद्यार्थी सङ्गठन हो अनेरास्ववियू । आफ्नो आफ्नो लामो इतिहास, सैद्धान्तिक कार्यदिशा, साङ्गठनिक फरक कार्यशैली, र विरासत बोकेका दुई फरक सङ्गठन भए तापनि सैद्धान्तिक र कार्यगत बेमेलताका कारण नचाहेर होस या पार्टी एकता पस्चात बाध्य भएर र देशको विद्यार्थी आन्दोलनलाई नयाँ रूपान्तरणको सपनाका साथ होस दुई सङ्गठन बिच एकता भएर नै केन्द्रीय कमिटीले पूर्णता पायो । संयोजक र सह संयोजकको जिम्मेवारी, जिल्ला तह सम्म संयोजक र सह संयोजकको जिम्मेवारी र कतिपय जिल्लाहरूमा जिल्ला समितिले समेत पूर्णता पाइसकेको छ ।


विद्यार्थी सङ्गठन बिसेसत पार्टीको जनबर्गिय सङ्गठन भए तापनि आफ्नो पार्टी सरकारमा रहोस् या नरहोस् सदैव सत्ताको प्रतिपक्षी आन्दोलन थियो, छ र रहन्छ । राणा काल, पञ्चायती शासन व्यवस्था, बहुदल काल र ६२/६३ को दोस्रो जन आन्दोलन अघि सम्म नै विद्यार्थी आन्दोलन त्यही दिशामा थियो जसमा एकता अघिका तत्कालिन अनेरास्ववियु र तत्कालिन अखिल क्रान्तिकारी यही दिशामा आआफ्नो कार्यक्रमका साथ अघि बढेका थिए । आफ्नो पार्टिले सत्ताको विरुद आवाज उठाउन नसक्दा, जनजीविकाको सवालमा, महँगी, भ्रष्टाचार, कालोबजारी र बिशेषत शैक्षिक मुद्दामा तत्कालीन दुवै सङ्गठन बुलन्द आवाजको साथ सडक हुँदै सिंहदरबार सम्म तैनाथ रहन्थे ।


हिजोको इतिहासको समय र आजको समयको राजनैतिक, आर्थिक, सामाजिक सापेक्षतामा ठुलो परिवर्तन आएको अवश्य छ । तर मुलभुत रूपमा आज देशकै सबै भन्दा धेरै विद्यार्थीको आशा र भरोसाको केन्द्र एकीकृत अनेरास्ववियूको माथि उल्लेखित तमाम विषयमा थप र परिष्कृत जिम्मेवारी अझ बढेर गएको छ र त्यसको जिम्मेवारी बिशेसत नेतृत्वले परिपक्वता, पारदर्शिता र जबाफदेही कार्यशैली सहित पुरा गर्नु पर्ने हो । आजको एकीकृत नेतृत्व आआफ्नै लामो राजनैतिक इतिहास, योगदान, सैद्धान्तिक राजनैतिक सुझबुझका साथ यहाँ सम्म आइपुगेको अवश्य सत्य हो । त्यही भएर नै पार्टी नेतृत्वले देशका लाखौँ विद्यार्थीको भविष्यको जिम्मेवारी वर्तमान नेतृत्वलाई सुम्पँदै भोलिको यो देशको समाज बादी आन्दोलन र स्वयम राष्ट्र सम्हाल्ने पुस्ता तयार गर्न खोज्या पनि सत्य हो ।


तर के वर्तमान हाम्रो नेतृत्व त्यो दिशामा अघि बढेको छ त ? के अनेरास्ववियू नेतृत्व सरकारको गलत रवैयाको प्रतिपक्षी नै हो त ?कोरोना महामारीका कारण अन्योलमा रहेको लाखौँ भविष्यको विषयमा नेतृत्व के गर्दै छ ? एउटा अनेरास्ववियू बफादार कार्यकर्ता भएर मनन गर्दा पङ्तिकार स्वयमले सही जवाफ भेट्न सकेन भने के आम देशका लाखौँ विद्यार्थीले यसको जवाफ भेट्टाए कि भेट्टाएनन् होला रु प्रश्न यहाँ गम्भीर छ । देशको शक्तिशाली र सर्वाधिक लोकप्रिय आन्दोलनको नेतृत्व सत्ताको हनुमान गिरि र चाप्लुसी गर्नको लागि अवश्य पनि सुम्पिएको हो जस्तो लाग्दैन । सत्ता र सत्तामा बसेका त्यसै नि अन्धो हुन्छन् । मानव स्वभाव नै हो गुणगान र चाकरिबाज जस्लाइ पनि पन पर्छ । तिनै चाकरिबाज र गुणगान अनि सत्तामा अन्धो भएर बसेकाले टिका लगाएर नेतृत्व सुम्पिदिए पछि उनैको भक्ति गान गाउनु स्वभाबिच नै हो तर विद्यार्थी नेतृत्वलाई त्यो छुट छैन । विद्यार्थी नेतृत्व आन्दोलनको रापबाट उदाए तापनि यो सङ्ग भविष्यको देशको जिम्मेवारी र लाखौँ विद्यार्थीको अधिकार सहज शिक्षामा पहुँचको गहन जिम्मेवारी छ । साथै शिक्षित र रूपान्तरणको मियो हुनुको कारण नेतृत्व सत्ताको अन्धानुकरणमा फस्नु दुर्भाग्यपूर्ण छ । भलै यसले सीमितलाई सत्ताको नजिकमा पुराएको नै किन नहोस् ।


यी माथि उठेका यावत सवालको जवाफ, लाखौँ विद्यार्थीको भविष्यको आवाज अनेरास्ववियू नेतृत्वले गम्भीर मनन गरोस् । सत्ताको गुणगान हैन विद्यार्थीको आवाज अबको दिनमा उठ्न सकोस् । यदि त्यसो भएन भने एक दुई जना सत्ताको नजिक भए तापनि सिङ्गो विद्यार्थी आन्दोलन छायामा परेर पार्टीको आवाज मात्रमा सीमित बन्न बेर छैन । जुन बन्न हामी लाखौँ अनेरास्ववियू कार्यकर्ता कुनै पनि मूल्यमा अवश्य दिने छैनौ । परिस्थितिले जटिल मोड लिएमा यसको जिम्मा वर्तमान नेतृत्वले लिनु पर्नेछ ।

 

लेखक अनेरास्ववियू सुनसरीका सह संयोजक हुन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...