स्काइनेट ईन्स्टिच्युट इटहरीले स्कलरसीपमा ११ कक्षाको भर्ना लिने

  • प्रकाशित मिति: भदौ २०, २०७७ / सञ्चारलय
alt

इटहरी :आफ्नो स्थापनाको १० वर्ष पुगेको अवसरमा सुनसरीको इटहरीमा रहेको स्काईनेट एजुकेशन इन्स्टिच्युटले १० जना विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न छात्रावृत्ति प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परिक्षा (एसइइ) उतिर्ण गरेर इटहरीका सरकारी तथा निजि विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई ध्यान दिएर छात्रावृत्ति कार्यक्रम ल्याइएको इन्स्टिच्युटका सञ्चालक दिपक पोखरेलले बताए ।


प्रदेश १ का विभिन्न ठाउँबाट इटहरीमा पढ्न आउने गरिव, जेहेनदार, अति विपन्न, मेहनती विद्यार्थीलाई सहयोग गर्न यस्तो कार्यक्रम ल्याइएको पोखरेलको भनाई छ । कोरोना महामारीले धेरैको रोजगारी गुमेको र आफ्ना सन्तानलाई पढाउन नसक्ने अवस्थालाई मध्यनजर गरेर कार्यक्रम ल्याइएको हो । यसका लागि एसइइ उतिर्ण हुने विद्यार्थीले गूगल फारम भर्नुपर्ने छ ।

। पहिलो चरणमा आएका फारमको मुल्याङ्कन गरिने र परिक्षामा उत्कृट हुनेलाई छात्रावृत्ति प्रदान गरिने छ । सञ्चालक दिपक पोखरेलका अनुसार विद्यार्थीले चाहेमा पुरै, आधा, १० हजार र ५ हजार छात्रावृत्ति दिइने छ ।

विद्यार्थीले इटहरीमा रहेको सरकारी तथा निजि जुनसुकै विद्यालयमा अध्ययन गर्न पाउने छन् । १० जना मध्ये विज्ञान संकायका लागि २ जना, व्यावस्थापन संकायका लागि २ जना, होटल मेनेजभेन्टको लागि १ जना, शिक्षासास्त्र संकायको लागि १ जना, मानविकी संकायका लागि १ जना, प्राविधिक तथा व्यावसायिक प्रशिक्षण शिक्षा (सिटिइभिट)० का लागि ३ जनालाई छात्रावृति प्रदान गरिने भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...