महेन्द्र बहुमुखी क्याम्पस धरानले गरेको निर्णयप्रति अनेरास्ववियूको आपत्ति, तत्काल सूचना सच्याउन माग

  • प्रकाशित मिति: भदौ २०, २०७७ / सञ्चारलय
alt

धरान: अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले गरेको सूचनामा अनेरास्ववियूले आपत्ति जनाएको छ । अनेरास्ववियुका इकाई कमिटी अध्यक्ष सुजन खत्री र अनेरास्ववियु९क्रान्तिकारी०का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले आज (शनिवार) एक विज्ञप्ति जारी गर्दै सूचना तत्काल सच्याउन पनि माग गरेका हुन् ।

कोभिड १९ ले अर्थतन्त्र तहसनहस भएको बेला विद्यार्थीहरूलाई शुल्क नलिई कक्षा सञ्चालन गर्न सङ्गठनले माग गरेको छ । क्रान्तिकारीका कार्यवाहक अध्यक्ष श्रेष्ठका अनुसार क्याम्पस प्रशासनले भदौ २८ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नेबारे हिजो (शुक्रवार) विद्यार्थी सङ्गठनहरूसँग छलफल राखेको थियो । उक्त छलफलमा त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको विषयमा छलफल भएर निर्णय भए पनि शुल्क लिनेबारे कुनै निर्णय भएको थिएन ।

बेलुका क्याम्पस प्रशासनले सूचना जारी गर्दा अनलाइन कक्षा सञ्चालन गर्ने र सम्बन्धित सेमेस्टरका विद्यार्थीहरूले तोकिएको सेमेस्टर शुल्कको हाललाई आधा शुल्क नेपाल बैङ्क मार्फत जम्मा गरी भर्ना हुन भनिएको छ । साथै, आधा शुल्क भने परीक्षा फारम भर्दा बुझाउन पनि क्याम्पस प्रशासनले सूचना जारी गरेको छ । ‘हिजोको बैठकमा अनलाइन कक्षा सुरु गर्ने बारे मात्र छलफल भएर निर्णय भएको हो, शुल्क लिने बारे कुनै निर्णय भएकै थिएन,’श्रेष्ठले भने,‘तर बेलुका नोटिस निकाल्दा आधा शुल्क लिने भन्ने भएछ, अहिलेको अवस्थामा विद्यार्थीले शुल्क तिर्न सक्दैनन्, त्यसैले त्यो नोटिस सच्चिएर आउनुपर्छ ।’
अनेरास्ववियूद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “क्याम्पस प्रशासनले गरेको निर्णय तत्काल फिर्ता लिई विद्यार्थीलाई स्वतन्त्र रूपमा पठनपाठन गराउन माग गर्दछौ । यदि यस विज्ञप्तिलाई बेवास्ता गरी उत्पन्न हुनसक्ने कुनै पनि परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुनुपर्ने छ ।”

mehendra collage press

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...