इटहरी उपमहानगरलाई गिज्याइरहेको त्यो भिड (फोटो फिचर)

  • प्रकाशित मिति: भदौ २१, २०७७ / सञ्चारलय
alt

इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाको गेटैमा भिड हेर्दा लाग्छ, कोरोनाले हामीलाई चिनिसक्यो, अब कोरोना भन्दा शक्तिशाली हामी भइसक्यौँ ।
यो भिड अरू केहीको नभई मल पाउने ठाउँको भिड हो । कृषकले धान बालीमा लगाउने मलका लागि इटहरीको साझा सहकारीबाट रासायनिक युरिया मल लिनका लागि कृषक हातमा बोरा बोकेर यता र उता गरिरहेका छन् । मानिस ठेलाठेल गर्दै, तछाड र मछाड गरी रहेका छन् । बिहान ४ बजेदेखि मल लिन आएका कृषकले १ बज्दा सम्म पनि मल पाउन सकेका छैनन् ।

असारमा रोपिएको धानमा तत्कालै रासायनिक मल लगाउनु पर्ने भए पनि मलको अभावले धानको बाला आउँदा सम्म मल लगाउन पाएका छैनन् । उक्त भिडमा न उनीहरूले सामाजिक दुरी कायम गरेका छन् । न मास्क नै लगाएका छन् । कोरोनाको विषम परिस्थितिमा एकातिर रोगको डर, अर्का तिर भोकको डरले कृषक आजित भएको उक्त भिडमा प्रस्ट देखिएको छ ।

कोरोना कहरमा सामान्य पसल तथा फुटपाथमा बिक्री गर्ने व्यापारीलाई पसल बन्द गराउने निकायले यस्तो समयमा पनि पालिकाको गेटै अगाडी यति धेरै भिड लाग्दा यसको समन्वय गर्न नसक्नुले यस भिडले इटहरी उपमहानगरलाई मात्रै नभई सम्बन्धित निकायलाई समेत ठाडो चुनौती समेत दिएको छ ।

itahari mal  4 itahari mal  6 itahari mal  7 itahari mal  8 itahari mal  3 itahari mal  9 itahari mal  2

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...