सुनसरीमा सबै क्षेत्रका बजार दैनिक २ बजेसम्म खुल्ने ( के के खोल्न पाइँदैन) विवरण सहित

  • प्रकाशित मिति: भदौ २३, २०७७ / सञ्चारलय
alt

इटहरी: सुनसरीका सबै क्षेत्रका बजार दैनिक दिउँसो २ बजे सम्म खुल्ने भएको छ । सुनसरीमा यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइने निर्णयमा केही परिवर्तन गरी आज मङ्गलवारदेखि दिउँसो २ बजेसम्म खोल्न पाउने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको बताएको छ । उद्योगी, व्यवसायी तथा अन्य समेतको माग अनुसार निर्णय भएको प्रशासनले जनाएको छ । यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।

साथै हाललाई सैलुन, ब्युटी पार्लर,व्यायामशाला, शैक्षिक संस्था भने खोल्न पाइने छैन । यस्तै, होटेल तथा रेस्टुरेन्टले अनलाइन डेलिभरी र टेकअवेको विधि बाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । फुटपाथ सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार पनि अर्को व्यवस्था नभएसम्मलाई निषेध गरिएको उल्लेख छ ।

sunsari press

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...