बालबालिकालाई फुटबल प्रशिक्षण दिँदै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुँवर

  • प्रकाशित मिति: भदौ २३, २०७७ / सञ्चारलय
alt

इटहरी: इटहरीका बालबालिकाहरूलाई समेटेर फुटबल प्रशिक्षण सुरु गरिएको छ ।

नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुँवर दनुवार लगायत राष्ट्रिय जागृति क्लब इटहरीका स्थानीय खेलाडीले इटहरी–१७ का ३० जना बालबालिकाहरूलाई फुटबल प्रशिक्षण गराई रहेका छन् ।

लकडाउनको समय सदुपयोग गर्दै स्थानीय खेलाडी अनिस चौधरी, अभिसेक कालिकोटे र सुनसरी जिल्ला फुटबल तथा राष्ट्रिय जागृति क्लबका कोच श्याम मानन्धर लगायतले प्रशिक्षण दिइरहेको डिफेन्डर दनुवारले बताए ।

दैनिक २ घण्टा प्रशिक्षण गराउँदै आएका उनीहरूले प्रशिक्षण गराउन थालेको पनि ४ महिना पूरा भएको बताएका छन् । सानै उमेर देखि नै खेलाडी बन्ने सपना बोकेका तर पनि प्रशिक्षणको अभावमा घरमै बसेकालाई प्रोत्साहन गरी खेल क्षेत्रमा अगाडि बढाउन मद्दत गर्नका लागि पनि प्रशिक्षण गराई रहेको दनुवार बताए ।

प्रशिक्षणका लागि आउनेहरूलाई राम्रो प्रशिक्षण दिन सके भविष्यमा देशकै असल खेलाडी उत्पादन गर्न सकिने दुनवरले बताए । देशकै लागि राम्रो र असल खेलाडी उत्पादन गर्ने सम्भावना रहेको भएपनी खेलमैदानको अभाव भने प्रमुख समस्या रहेको छ । तर, स्थानीय सरकारले भने कुनै सहयोग गरेको छैन ।

यसरी फुटबल ग्राउन्ड बिनै अर्काको प्लटिङ्ग्मा प्रशिक्षण गराउँदा पनि स्थानीय सरकारको ध्यानाकर्षण नभएको र स्थानीय सरकार सँग पनि खेलमैदानको विषयमा बेला बेला कुरा उठाउने गरेको भएपनी स्थानीय सरकारले भने यस विषयमा खासै ध्यानाकर्षण नभएको भन्दै दनुवारले दुःख व्यक्त गरे ।

त्यसै गरी प्रशिक्षणको लागि आउने बालबालिकाहरू भन्छन् ‘सानै उमेर देखि फुटबल खेलाडी बन्ने सपना छ, फुटबलमा राम्रो ठाउँ छ, भविष्यमा देशका लागि खेल्ने सपना बोकी फुटबल सिकिरहेका छौ ।’

दनुवारको यस कदमलाई स्थानीय बूढो बाघ फुटबल क्लब साथै देश विदेश बाट पनि विभिन्न खेल सामाग्री सहयोग हुँदै आएको छ । खेल सामाग्री, प्रशिक्षण गर्नका लागि प्रशिक्षक र खेलाडीहरू रहे पनि खेल मैदान नहुँदा समस्या हुने गरेको दनुवार बत्ताउँछन् ।

यसरी प्रशिक्षण गराई रहेको टिमलाई स्थानीय सरकारले मनोबल, हौसला प्रदान गरी समस्या समाधानको पहल गरिदिने हो भने राष्ट्रिय खेलाडी त उत्पादन गर्न, खेल क्षेत्रबाट इटहरीलाई पहिचान गराउन सकिने दनुवारले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...