जनता बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक महिलालाई क्याम्पस प्रमुखको जिम्मेवारी

  • प्रकाशित मिति: भदौ २५, २०७७ / सञ्चारलय
alt

इटहरी: सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस प्रमुखमा प्रा.डा. गीता अधिकारी नियुक्त भएकी छन् ।
बुधवार बसेको व्यवस्थापन समितिको बैठकले २०७७ भदौ २५ गते देखि लागु हुने गरी अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।

प्रदेश १ कै उत्कृष्ट क्याम्पस समेत रहेको जनता बहुमुखी क्याम्पस स्थापना भएको ३२ वर्षपछि छैटौँ क्याम्पस प्रमुखको रूपमा पहिलो पटक महिलालाई जिम्मेवारी दिइएको हो ।

राजनीतीशास्त्र, समाजशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गरेकी उनले भारतको विवेकानन्द विश्वविद्यालयमा केही महिना अघि विद्यावारिधि हासिल गरेकी हुन् ।

२०५६ सालमा इटहरीको जनता कलेजमा अध्यापन गराउन थालेकी डा. अधिकारी २०५६ आश्विन २ गतेदेखि इटहरीको जनता बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...