आजबाट नेकपा स्थायी कमिटी बैठक, माधव नेपाल समूहले असहमति राख्ने

  • प्रकाशित मिति: भदौ २६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । विहान ११ बजेबाट सुरु हुने बैठक बालुवाटारमा बस्ने भएको हो ।

पछिल्लो समय शक्ति संघर्षका कारण नेकपामा देखिएको विवाद उत्कर्षमा पुगेपछि नेकपामा स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

यो बैठक लामो समय स्थगित भएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेका थिए । कार्यदलले प्रतिवेदन बुझाएपछि दुई अध्यक्षले यसमा सहमतिको खाका तयार पारेका छन् । यो आजको बैठकमा छलफलका लागि पेश हुने भएको छ ।

यसमा दुई अध्यक्षको कार्यविभाजन पनि राखिएको छ ।

तर, दुई अध्यक्षबीच भएको यो सहमतिमा माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ । माधव नेपाल समूहले एक व्यक्ति एक पद हुनुपर्ने मागमाथि दाबी पनि गरिरहेको छ । नेपाल समूहले दुई अध्यक्षबीच सहमति नभएर पार्टीलाई विधि र विधानका आधारमा अगाडि बढाउनु पर्ने माग गर्दै आएको छ ।

आज सुरु हुने नेकपाको स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने योजना रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...