सिजनको पहिलो खेलमै पीएसजीको पराजय

  • प्रकाशित मिति: भदौ २६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । कोरोना महामारीका कारण फरवार्ड नेयमार जुनियर, केलियन एम्बाप्पे र डि मारियाको अनुपस्थितिका साथै थियागो सिल्वा बाहिरिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो खेलमा झट्का लागेको छ।

फ्रेन्च लिग वानको साविक विजेता हुँदै गत सिजनमा अन्य तीन उपाधि जितेको पीएसजी नयाँ सिजनको पहिलो खेलमै लिन्ससँग पराजित बनेको छ। बिहीबार राति सम्पन्न खेलमा पीएसजीले लिन्ससँग १–० गोल अन्तरले हार बेहोरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रोे हाफको ५७ औं मिनेटमा लिन्सका इग्नाटिउस जनागोले निर्णयक गोल गरे। यता पीएसजीले निर्धारित अवधिभर गोल गर्न सकेन। र, जित लिन्सको पोल्टामा पर्यो।

पहिलो खेलमा हार बेहोरेर अंकविहिन बनेको पीएसजी १७ औं स्थानमा छ। त्यस्तै लिन्स भने एक खेलमा हार र एक खेलमा जित निकालेर १२ औं स्थानमा छ।

निस लिग वानको शीर्षस्थानमा छ। सुरुवाती दुवै खेलमा जित निकाल्दै उसले ६ अंक बनाएको छ भने पछिल्लो सिजनको च्याम्पियन्स लिगमा सेमीफानल पुगेको लियोन अंकतालिकाको आठौं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...