डोटीमा जीप दुर्घटना स् १२ घाइते, दुईको अवस्था गम्भीर

  • प्रकाशित मिति: भदौ २६, २०७७ / सञ्चारलय
alt

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ ।

घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए ।

चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

इटहरीमा थप १० जनामा ...

सुनसरीको इटहरीमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत असोज ९ गते गरिएको परीक्षण मध्ये थप ज ...

बसको ठक्करबाट स्कुटर ...

काठमाडौं । यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज ...

मोरङका १ सय ६७ सहित ...

इटहरी: प्रदेश १ मा गएको २४ घण्टामा १ सय ८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्याम ...

चीनमा कोइला खानीमा च ...

काठमाडौं। चीनको एक कोइला खानीमा च्यापिएर कम्तीमा १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको ...

इटहरीमा थप ९ जनामा क ...

इटहरी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज ८ गते गरिएको परीक्षणमध्ये ९ जनामा कोरो ...

क्यान्सर पीडित ४ वर् ...

झापाको दमकका ४ वर्षीय क्यान्सर पीडित बालकलाई २२ वटा क्लबले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कम ...