जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभ पहिलोपटक युएस ओपनको फाइनलमा

  • प्रकाशित मिति: भदौ २७, २०७७ / सञ्चारलय
alt

जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभ पहिलोपटक ग्राण्ड सलामको फाइनलमा पुगेका छन्। नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा स्पेनका पाब्लो कारेनो बुस्तालाई पराजित गरेर स्वेरेभ युएस ओपन टेनिसको फाइनलमा पुगेका हुन् ।

सुरुका दुई सेटमा पछि परेका २३ वर्षे स्वेरेभले त्यसपछि शानदार पुनरागमन गरी नतिजा आफ्नो पक्षमा पारेका हुन्। पाँचौँ बरियताका स्वेरेभ २० औँ बरिताका बुस्तासँग पहिलो दुई सेटमा ३–६ र २–६ ले पराजित परेका थिए । त्यसपछि उनी खेलमा फर्किए ।

स्वेरेभले समग्रमा ३–६, २–६, ६–३, ६–४ र ६–३ को सेटमा जित निकालेका हुन्।

स्वेरेभले उपाधिका लागि आइतबार डोमिनिक थिएम वा डानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । दोस्रो बरियताका अस्ट्रियन थिएमले तेस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...